युनाइटेड इन्स्योरेन्सले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने

79

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । २५ कात्तिक शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी १ अर्ब २ करोड ८१ लाख ६० हजारको ५ प्रतिशत बोनस सेयर र प्रस्तावित लाभांशको कर प्रयोजनर्थ ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पातिर भएपछि सेयरधनीमा वितरण हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here