राजीनामा दिएका भ्रष्टाचारी आयुक्तलाई कारबाही गर्ने दायित्व अख्तियारकै हो : भट्टराई

162

काठमाडौं / सत्तासीन  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराईले राजीनामा दिएका आयुक्त राजनारायण पाठकको भ्रष्टाचार सम्बन्धी विषयमा तत्काल छानबिन गरी  कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरेका छन्।


सांसद भट्टराईले भ्रष्टाचार सम्बन्धी विवादमा मुछिएका पाठकले आफ्नो पदबाट राजीनामा दिएपनि पूर्व आयुक्तको हैसियतमा उनीमाथि छानबिन गरी कार्वाही गर्न अख्तियार दूरुपयोग अनुसन्धान आयोगसँग माग गरेका हुन्।

भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजबाट ७८ लाख घुस खाएको भिडियो सार्वजनिक भएपछि पाठकले शुक्रबार अख्तियार दूरुपयोग अनुसन्धान आयोगको आयुक्त पदबाट राजीनामा दिएका छन्।

पाठकको सो राजीनामा दिने निर्णय उपयुक्त भएको र उनीमाथि अब छानबिन गरी कार्वाही गर्ने दायित्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै रहेको सांसद भट्टराईको भनाई छ ।

सांसद भट्टराईले संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले सो कलेजबारे छानबिन गर्दा भ्रष्टाचारको विवादमा तानिएकाहरु सबैलाई कारबाही गर्न पनि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको आजको काठमाडौं पोस्टमा छापिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here