भारतलाई अरुण बुझाएर केपी ओलीले गलत काम गर्नु भएकाे छ – कमल काेईराला

206

काठमाडौं / नेपालको वर्तमान राजनीति , ओली सरकारको काम कर्वाही , नेकपा भित्रको राजनीति लगायत विषयमा वरिष्ठ वामपन्थी राजनीतिज्ञ कमलप्रसाद कोइरालासंग गरिएको कुराकानी :

दुई तिहाईको कम्युनिष्ट सरकारले खासै राम्रो कामहरु गर्न सकेको छैन त्यसकारण ओली सरकारको आयु त्यो सरकारले गर्ने काम कारवाहीमा नै निर्भर रहने छ । नेपालमा अनेकौ जलविद्युत आयोजना नेपालले नै निर्माण गरेको छ तर अरुण तेश्रो भारतलाई बुझाउने ओलीलाई कसरी राष्ट्रवादी भने भनेर कोइरालाले यो सगरमाथा टेलिभिजनमा लिइएको अन्तर्वार्ता मार्फत गंम्भिर संकेत गरेका हुुन् । 

भ्रष्टाचारको विश्वव्यापी इन्डेक्समा नेपालले गरेरको बढ्दो भ्रष्टाचारको स्वरूप देखेर विश्व चकित नभए के हुन्छ भन्दै प्रचण्ड र ओलीले भनेको जस्तो विश्व नै चकित हुने सकारात्मक काम नभएको कोइरालाले जनाएका छन् ।

वर्तमान निर्वाचित प्रणाली नै गलत तरिकाले प्रयोग हुदै आएको छ जसले गर्दा जनताले सहि जनप्रतिनिधि पाएका छैन । नेपालमा फटाहको विकल्प बेइमानहरु निक्लिए जसले गर्दा सिंगो देश नै भ्रष्टको कब्जामा परेको कोइरालाले टिप्पणी गरेका स्वदेश नेपालमा उल्लेख गरिएको छ ।

२०४६ सालको परिवर्तनपछि देश बनाउछौ भनेर आजसम्म देश बिगार्ने नेतृत्वहरुले नै बारम्बार यो देशलाई बनाउछौ भनेर भन्छन अनि जनताले पनि यिनीहरुलाई नै बिश्वाश गर्ने हुदा नेपालको यस्तो हबिगत हुदै आएको सांकेतिक टिप्पणी गर्दै देश सधै यहि अवस्थामा नरहने हुदा यहाँ चाडै राजनीतिक परिवर्तन हुने कोइरालाको विश्वाश देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here