गिजिन बुकमा दर्ता गराउन ‘माउन्ट एभरेस्ट फेसन रनवे’

187

काठमाडौं । नेपाललगायत अन्य देशका मोडलहरू विश्वकै उच्चस्थान कालापत्थरमा आयोजित फेसन रनवेमा आइतबार भएको छ । ‘माउन्ट एभरेस्ट फेसन रनवे’ नामक उक्त फेसन रनवेको आयोजना नेपाली फेसन ब्रान्ड कासाले गरेको थियो ।

माउन्ट एभरेस्ट फेसन रनवेले विश्वकै उच्च स्थानमा आयोजना गरेको दाबी गर्दै गिजिन बुकअफ वल्र्ड रेकर्डमा दर्ता गर्न सफल भएको छ ।

रनवेमा आठ नेपाली, एक फिनल्यान्ड, पाँच इटालियन, एक श्रीलंकन र एक सिंगापुर गरी १५ जना मोडलहरूले सहभागिता जनाएका थिए ।

यो स्थानमा कार्यक्रमको आयोजना गर्नुको उद्देश्य जलवायु परिवर्तनबारे जनचेतना जगाउनु रहेको आयोजकले जनाएका छन् ।

कार्यक्रमका लागि ४८ जनाको टोली १८ जनवरीमा लुक्लाबाट पैदलयात्रामा हिँडेका थिए ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका सीईओ नन्दिनी लाहे थापा, भिजिट नेपाल २०२० को तर्फबाट विश्वम्भर घिमिरे र आरबी डाइमण्डका अध्यक्ष तथा गिनिज वल्र्ड रेकर्डका आधिकारिक न्यायकर्तासमेत रहेका रमेश महर्जन लगायतले कार्यक्रममा सहभागिता जनाएका थिए ।

रनवेमा मोडलहरूले कासाले उत्पादन गरेका प्राकृतिक, अर्गानिक वस्तुबाट निर्मित लुगा र गहना प्रदर्शन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here