एमसीसीले देशको सार्वभौमसत्तालाई कुनै प्रतिकुल असर पार्दैन : प्रधानमन्त्री ओली

200

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपालको स्वार्वभौमसत्तालाई कुनै प्रतिकुल असर नपार्ने जनाएका छन् ।

ओलीले एमसीसीलाई इण्डो प्यासिफिक रणनीतिसँग जोड्नु बेकार भएको समेत जनाउँदै एमसीसीबारे धेरै विवाद गर्न आवश्यक नभएको जनाएका छन् ।

सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले यो सम्झौता छिटो संसदबाट अनुमोदन गर्नुपर्नेमा जोड दिए ।

यो कम्प्याक्ट एसियाका साथै अफ्रिका र दक्षिण अमेरिकाका गरी ४९ देशसँग भएको भन्दै उनले भने, ‘यसलाई इण्डो प्यासिफिकसँग जोड्नु बेकार छ ।’ कसको हिडन इन्ट्रेस्ट के छ भनेर खोज्दै जाने हो भने नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध नै राख्न नसक्ने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here