कोरोना भाइरसका बारेमा अनावश्यक प्रचारप्रसार, अमेरिकालगायत पश्‍चिमा शक्तिले राजनीति गरेको आरोप : दाहाल

148

पोखरा / नेकपाका अध्यक्ष पुष्पकमल दाहालले चीनलाई मन नपराएकै कारण कोरोना भाइरसका बारेमा अनावश्यक प्रचार प्रसार गरेर अमेरिकालगायत पश्‍चिमा शक्तिले राजनीति गरेको आरोप लगाएका छन् ।

प्रेस संगठन नेपाल, कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले  कोरोना भाइरसबाट त्रसित हुनुपर्ने अवस्था नआए पनि सतर्कचाहि‌ँ हुन पर्ने अवस्था नभएको जनाउँदै चीनले कोरोना भाइरसको उपचारका लागि भ्याक्सिन बनाउने काममा लागिरहेको र छिट्टै निराकरण हुने आशा उनले व्यक्त गरे। उनले शक्ति राष्ट्रले के कुरालाई राजनीतिक रुप दिने वा नदिने भन्नेबारेमा सचेत भएर अघि बढ्नुपर्ने पनि जाेड  दिए ।

त्यस्तै अध्यक्ष दाहालले एमसीसीको ठाडै समर्थन र विरोध गर्नेभन्दा पनि बुझेर मात्रै निष्कर्षमा पुग्नुपर्ने बताए। झलनाथ खनालको नेतृत्वमा गठन भएको तीन सदस्यीय कार्यदलले एमसीसीका बारेमा अध्ययन थालिसकेको अध्यक्ष दाहालले बताए। कार्यदलले ल्याएको कुरा जस्ताको त्यस्तै पास हुन्छ भन्ने नभएको दाहालले बताए। एमसीसी पास गर्ने वा नगर्ने भन्ने कुरा अध्ययन कार्यदलले बुझाएको प्रतिवेदन अध्ययन गरेपछि मात्रै तय हुने पनि दाहालले  जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here