तुर्कमेनिस्तानका राष्ट्रपति बनाए आफ्नै छोरालाई मन्त्री

157

एजेन्सी /  तुर्कमेनिस्तानका वर्तमान राष्ट्रपतिले आफ्ना छोरालाई शक्तिशाली मन्त्रालयको जिम्मेवारी दिएका छन् । राष्ट्रपति गुर्बान्गुली बेर्डीमुखामेडोभले आफ्नो छोरालाई उद्योग र निर्माण मन्त्रीको रुपमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

तुर्कमेनिस्तानको राज्यद्वारा सञ्चालित संचार माध्यमले शनिबार दिएको जानकारी अनुसार देशको धेरै रकमका परियोजनाहरुलाई हेर्ने गरी उनले छोरालाई मन्त्री जनाएका हुन्। राज्यले प्रकाशन गर्ने गरेको पत्रिका नेचुरल तुर्कमेनिस्तानले ३८ बर्षिय छोरा सेर्डर बेर्डीमुखामेडोभलाई मन्त्रीका रुपमा नियुक्त गरिएको सम्बन्धी पत्र पनि प्रकाशित गरेको छ ।

उद्योग तथा निर्माण मन्त्रीले हवाई, स्थल र जल यातायातसँगै सञ्चार लगायतको क्षेत्र पनि हेर्ने जनाइएको छ । राष्ट्रपति पुत्र बेर्डीमुखामेडेभलाई राष्ट्रपतिले आफ्को शसक्त उत्तराधिकारीको रुपमा तयार पार्दै लैजानु भएको छ । उहाँले तुर्कमेनिस्तानमा विपक्षी, स्वतन्त्र संवैधानिक निकाय र प्रेस स्वतन्त्रता नभएकोे राजनीतिक प्रणाली चलाउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here