मोटरसाइकल दुर्घटनामा दुई घाइते

105

काठमाडौं / त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरस्थित सडकमा शनिबार दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

चोभारतर्फबाट आउँदै गरेको प्रेदश ३-०१-०२२च३१९० नम्बरको गाडीले बल्खुबाट कीर्तिपुरतर्फ जाँदै गरेको बा ९० प ११६९ नम्बरको मोटरसाइकललाई त्रिवि परिसरस्थित ल्याब्रोटरी स्कुलछेउ सडकमा ठक्कर दिएको हो।
गाडीको ठक्करबाट कीर्तिपुर नगाउका मोटरसाइकल चालक अनुज महर्जन र मोटरसाइकल पछाडी सवार ढल्पा कीर्तिपुरका दिनेश श्रेष्ठ घाइते रहेको प्रहरीले जनाएको छ। गाडीका चालक प्रहरी नियन्त्रणमा छन् भने घाइतेको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here