विभिन्न धनमाल चोरी

311

काठमाडौं- काठमाडौं महानगरपालिका-११ बबरमहल डेरा गरी बस्ने रोल्पा त्रिवेणी गाउँपालिका-५ घर भएका बुद्धिराम खड्काको कोठाबाट ल्यापटप १ थान र विभिन्न कम्पनीका मोबाइलहरु गरी करिब १ लाख ९६ हजार रुपैयाँ बराबरको धनमाल शनिबार बिहान चोरी भएको छ ।

यसैगरी काठमाडौं तार्केश्वर नगरपालिका-४ लोलाङ मिलनवस्ती बस्ने रसुवा कालिका  गाउँपालिका-५ घर भएका २७ वर्षीय सुवास वर्देवा कोठाबाट नगद तथा सुनका बिभिन्न गरगहना समेत गरी करिब २ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल शनिबार बिहान चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here