चीनले हङकङ र मकाउ मामिला प्रमुख हटायाे

117

एजेन्सी / चीनले आफ्नो हङकङ र मकाउ मामिला प्रमुखलाई हटाएको छ । चिनियाँ नियन्त्रणमा रहेको हङकङमा सरकार विरोधी हिंसात्मक गतिविधि बढेको लामो समयपछि बेइजिङबाट नियुक्त गरिएका उच्च पदस्थ अधिकारीलाई पदबाट हटाइएको हो ।

चीनको मानव संसाधन मन्त्रालयले बिहीबार जियाङ सिआओमिङले हङकङ र मकाउ मामिला निर्देशकलाई हटाएको घाेषणा गरेको हो । उनको स्थानमा चिनियाँ पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्सका उपाध्यक्ष ६७ वर्षीय सीआ बाओलोङलाई नियुक्त गरिएकोसमेत मन्‍त्रालयले जनाएको छ ।

हङकङमा सात महिनाअघिदेखि विवादित सुपुर्दगी विधेयकबाट सुरु भएको आन्दोलनबाट अहिले स्वायत्तता र स्वतन्त्रताको माग गरिरहेका छन् । यसअघि जनवरीमा चीनको हङकङस्थित चीनको सम्पर्क कार्यालयका प्रमुखलाई पनि प्रतिस्थापन गरिएको थियो ।

चिनियाँ राष्ट्रपति सी जिन पिङ सन् २००३-०७ मा सी चिनियाँ कम्युनिस्ट पार्टीको झेजियाङ प्रान्तको सचिव हुँदा सीआले उपसचिव भएर काम गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here