काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पार्टीले आयोजना गरेको जनयुद्ध दिवसमा अनुपस्थित हुनुभएको छ । यसअघिसम्म प्रधानमन्त्रीको सचिवालयले दुवै अध्यक्षले कार्यक्रम सम्बोधन गर्ने जनाएको भएपनि प्रधानमन्त्री ओली भने अनुपस्थित रहनुभएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित हुनुहुन्छ ।
जनयुद्धका कट्टर विरोधीका रुपमा चिनिएका ओलीले पछि तत्कालीन माओवादीसँग पार्टी एकता गर्नुभएको थियो । अहिले पार्टी कार्यालय धुम्बाराहीमा कार्यक्रम सुरु भएको छ ।


















