सरकारले दुई वर्षको अन्तरालमा राम्रो काम गर्न सकेन : देउवा

73

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले  दुई वर्षकाे अवधिमा दुई वटा पनि राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् । सरकारको दुई वर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनपछि मिडियाकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै सभापति देउवाले टिप्पणी गरेका हुन् ।

त्यस्तै, समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले  समेत  प्रधानमन्त्री ओलीमा ओलीमा दम्भ, घमण्ड र अहमता देखिएको टिप्पणी गरे । उनले, ‘लोकतन्त्रमा प्रतिपक्षीलाई सुन्नुपर्छ । तर, प्रधानमन्त्री ओलीले लोकतान्त्रिक संस्कारमाथि प्रहार गर्नुभयो । उहाँको दुई वर्षै कार्यकालको फेहरिस्तमा दम्भ र अहंकारसमात्रै देखियो । गर्न नसकेको कुरा यति गर्न सकिएन भन्नुपर्दथ्यो, तर उहाँले त पत्रकारलाई पनि आक्रामण गर्नुभयो ।’

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पनि वर्तमान सरकारले कुनैपनि राम्रो काम गर्न नसकेको आरोप लगाए । उनले संविधान सर्वस्विकार्य भयो भनेर संसदमा गरेको सम्बोधनमा आपत्ति जनाए । उनले भने,‘यस्तो भन्नु भनेको संविधान संकटमा पर्छ । देश अद्योगतितर्फ गयो । उहाँले भाषणमात्रै गर्नुभयो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here