एमसीसी सम्झौताबाहेक थप एक दर्जन सहायक सम्झौता भएको खुलासा

51

काठमाडौं / अमेरिकी कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे गरिएको सम्झौतामा संसदमा पेश गरिएको सम्झौता बाहेक अन्य धेरै सहायक सम्झौता गरिएको खुलासा भएको छ ।

सत्तारुढ नेकपाले एमसीसीबारे अध्ययन गर्न गठन गरेको कार्यदलका सदस्य भीम रावलले संसद्मा अनुमोदनका लागि पेश गरिएको एमसीसी सम्झौताबाहेक थप एक दर्जन सहायक सम्झौताहरु भएको जनाएका छन्।

उनले सो कार्यदलले अहिले ती विषयमा अध्ययन केन्द्रित गरेको जनाएका छन्।

‘संसदमा पेश गरेको चाहिँ मूल सम्झौता हो। त्यसबाहेक त्यसकै अन्य एक दर्जन जति सहायक सम्झौता भएका छन्। हामीले अहिले तिनै सहायक सम्झौताहरुमा अध्ययन केन्द्रित गरेका छौं,’ रावलले भने।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सो कार्यदलको औचित्य नै नभएको मनसायका अभिव्यक्ति दिएकोबारे सोधिएको जिज्ञासाबारे उनले भने, ‘त्यस्तो अभिव्यक्तिले केन्द्रीय कमिटीको सम्मान हुँदैन।’

केन्द्रीय समितिले सो कार्यदललाई एमसीसीका विषयमा अध्ययन गरी निष्कर्ष र सुझाव दिने जिम्मेवारी दिएको र सोहिअनुसार आफूहरुले काम गरेको उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here