नाइजेरियामा हतियारधारीकाे हमलामा ३० जना मारिए

208

एजेन्सी – हतियारधारी समूहको आक्रमणमा परी अफ्रिकी मुलुक नाइजेरियामा ३० जनाको मृत्यु भएको छ । देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रमा भएको हिंसात्मक घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

प्रहरी अधिकारीले आइतबार दिएको जानकारी अनुसार मोटरसाइकलमा आएका दर्जनौँ बन्दुकधारीले गाउँलेलाई अन्धाधुन्ध आक्रमण गरेका थिए । उनीहरूले काट्सीना राज्यमा पर्ने साउवा र डाङकर गाउँमा बस्ने स्थानीय बासिन्दालाई शुक्रबार गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

आक्रमणकारीले स्थानीय बासिन्दालाई घर(घरमै आक्रमण गर्नुका साथै उनीहरूको घरमा समेत आगजानी गरेका छन् । ‘हतियारधारी आक्रमणकारीले साउवामा २१ जनाको हत्या गरेका छन् भने अरु नौ जनालाई डाङ्कर गाउँमा हत्या गरेका छन्’, कात्सिनाका प्रहरी प्रवक्ता गाम्बो इसाहले भने ।

मृत्यु भएका मध्ये अधिकांश बृद्धबृद्धा र बालबालिका रहेका छन् । आक्रमणकारीले आक्रमण गर्न थालेपछि भाग्न नसकेकाले मृत्यु हुनेमा वृद्धवृद्धा र बालबालिका धेरै भएको अधिकारीहरुले जनाएका छन् ।

आक्रमणकारीले मानव हत्या र घरमा आगजनी गरेकाले घटना दर्दनाक देखिएको प्रहरीको भनाइ छ । एक स्थानीय बासिन्दाले भने, ुयति दर्दनाक र क्रुर घटना मैले जीवनमा अहिलेसम्म देखेको थिइनँ ।ु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here