बारा – प्रदेश नं.२ अन्र्तगत रहेको डिभिजन वन कार्यालय बाराको वन क्षेत्रमा गाडी नैं हुलेर काठ गोलाई चोरी तस्करी हुँने क्रम अझै रोकिएको छैन । पुनः यही माघ १२ गते यसरी गाडी नैं हुलेर सालको गोलाई चोरी तस्करी भएको रहस्य खुलेको हो ।
पूर्व–पश्चिम राजमार्गको निजगढ—धन्सार खडक खण्ड देखि ३ किलोमिटर दक्षिण सिम्री जाने ग्रेभल सडक नजिकैबाट करिब दुई लाख बरावरको ७ थान सालको गोलाई चोरी तस्करी भयो । जुन निजगढ सव डिभिजन वन कार्यालयको भलुवाहीखोर राष्ट्रिय वन क्षेत्र हो ।
त्यसको दुई दिन नबित्दै वन गस्तीले बारा रौतहट जिल्लाको सिमना नजिकै सिमरी वन क्षेत्रमा लुकाई राखेको अवस्थामा ९ थान सालको हरियो गोलाई फेला प¥यो । जुन डिभिजन वन कार्यालय रौतहट मातहतको जंगल सैया राष्ट्रिय वन क्षेत्रको हो । गत चार महिना अघि मधुवन सव डिभिजन वन कार्यालयको जैतापुर वन क्षेत्रबाट हरियो सालका रुख काट्न प्रयोग गरिने आधुनिक मेशिन (चेन—स) को प्रयोग गरि गोलाई तयार गर्दै ट्रक नैं हुलेर चोरी तस्करी भयो ।
त्यही समयमा निजगढ नगरपालिका १० लालस्थित जनहित सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रबाट सालको चोरी तस्करी गर्न ठिक्क पारी गोलाई लुकाई राखेको अवस्थामा फेला परेको जनहित सामुदायिक वन उपभोक्ता समुह अध्यक्ष ज्ञानबहादुर मोक्तान भन्नुहुन्छ ।
साईकल, मोटर साईकलको प्रयोग गरि काठ, गोलाई चोरी तस्करीका घटना बाराका विभिन्न नाकामा पटक पटक भई नैं रह्यो । एकाध यस्ता घटनामा वन कर्मचारीले सफलता पाए भने , अधिकांश घटना वन कर्मचारीहरुको नियन्त्रण बाहिर रहेको डिभिजन वन कार्यालय बारा अन्र्तगत निजगढ सव डिभिजन , मधुवन सव डिभिजन, कोहल्वी सव डिभिजन , पथलैया सव डिभिजन वन कार्यालय परिसरमा यत्रतत्र छरिएर राखिएका सालका काठ, गोलाईबाट नैं प्रष्ट बुझ्न सकिन्छ । मधुवन सव डिभिजन वन कार्यालयका प्रमुख एवंम् सहायक वन अधिकृत सत्यदेव यादव भन्छन् ।
वन संरक्षण, विकास, चोरी तस्करी नियन्त्रण लगायत कार्यालयको गरि डिभिजन वन कार्यालय बाराको वार्षिक ८ करोड भन्दा बढी बजेट नभएको एक कार्यक्रममा डिभिजन वन कार्यालय बाराका प्रमुख एंव डिएफओ मन्जुर अहमदले जनाए । जसमा २ करोड भन्दा बढी रकम वार्षिक वन रक्षक, सशस्त्र वन रक्षकहरुका तलव, सुविधामा खर्च हुन्छ । तर, सफलता भने, आशा लाग्दो देखिदैन् ।
हुँन त यहाँका वन कर्मचारीहरु आक्कल भलुक्कल काठ, गोलाई बरामद गर्न सकिएकोमा गर्व गर्ने गरे पनि यस्ता हानी नोक्सानी हुँनै नदिने कार्य गर्न भने, डिभिजन वन कार्यालय बारा र मातहतका वन कर्मचारीले सफलता पाउँन नसकेको घटनाक्रमले उजागर गरेको छ ।
निजगढमा दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणका लागि काँडेतारले घेरिएको कोहल्वी सव डिभिजन वन कार्यालयको क्षेत्रबाट चार÷पाँच महिना अघि तामागढी सव डिभिजन वन कोहल्वी क्षेत्रको भिमसखुवा जंगलमा पिकअप भ्यान हुलेर सालको गोलाई चोर तस्करले लान सफल भएको भन्दै सानो तस्कर नभई पेशेवर काठ चोर, तस्करको समुह रहेको कोहल्वी सव डिभिजन वन कार्यालय प्रमुख एवंम् सहायक वन अधिकृत सुरेन्द्र प्रसाद चौधरी भन्छन् ।
त्यसको केही साता पनि नबित्दै निजगढ सव डिभिजन वन क्षेत्रको बकैया खोला किनार र भीमसखुवा देखि लगभग ३ किलोमिटर उत्तर—पूर्व तर्फको जंगलबाट पिकअप भ्यान प्रयोग गरि सालको काठ चोरी तस्करी भयो । त्यसै गरि टाँगियाबस्तीबाट चिरान काठ, गोलाई बरामद भयो ।
यी घटना हुँनु दुई महिना अघि मधुवन वन क्षेत्रको जैतापुर जंगलबाट पनि ट्रक नैं जंगलमा हुलेर लगभग २० लाख भन्दा बढीको सालको ठाडो हरियो रुख ढालेर र ढलेका सालको रुखको गोलाई बनाई काठ चोरी तस्करी भयो ।
यसरी चोरी तस्करी भएका काठ, गोलाई कहा पुग्यो , जान सक्ने सम्भावित स्थान, चिरान मिल सम्म पुगेर गहिरो अनुसन्धान नगरिनुले वन कार्यालय बाराका जिल्ला तहका माथिल्लो हाकिमहरु माथि पनि गम्भीर प्रश्न उठि रहेका छन् । यस्ता घटनालाई किन ? गहिरोसँग प्रदेश वन मन्त्रालय , विभाग , केन्द्रिय वन मन्त्रालय, विभाग लगायत सम्बन्धित निकाय मन्त्रिहरुले चासो राख्दैनन् ।
जसले गर्दा संघर्ष, बलिदानी पूर्व स्थापित लोकतन्त्र, संघिय गणतन्त्र अघि कै जस्तै उखान चरितार्थ भई रहेको छ बाराको वन —‘ हरियो वन तस्करको धन’ भने झैं ।
वनमा हुने काठ गोलाई चोरी तस्करीका यस्ता घटना बारे कसैले सुईको समेत नपाओस् भन्दै डिभिजन वन कार्यालय बाराले सव डिभिजन वन कार्यालयहरुका प्रमुख वा अन्य वन कर्मचारीलाई सञ्चार माध्याममा जानकारी दिन कडाई गर्दै जिल्लामा सुचना अधिकारी समेत तोकिएको छ । तर , वनमा भए गरेका हानी नोक्सानीको बारे केही जानकारी गराइँदैन् ।
जस्ले गर्दा यस्ता घटनामा वन कर्मचारी पनि संलग्न भएको हुँन सक्ने सचेत नागरिकहरु आशंका व्यक्त गर्छन् ।
बारामा पटक(पटक गाडी नैं हुलेर, काठ गोलाई चोरी तस्करी भई रहेको भन्दै वन कर्मचारीलाई नैं निगरानीमा राखेर अनुसन्धान गर्न माँग गर्दै समाजवादी पार्टी बाराकी केन्द्रिय सदस्य उमरावती यादवले प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल समक्ष ज्ञापन पत्र समेत बुझाए । सो ज्ञापन पत्र बुझाएको तीन महिना नाघि सक्यो । तर , अहिले सम्म पनि कुँनै प्रकारको सुनुवाई भएको छैन् ।
डिभिजन वनका डि.एफ.ओ एवंम् प्रमुखको निर्देशन अनुसार नाका÷नाकामा राती गस्ती गर्ने गरे पनि गाडी नैं जंगलमा हुलेर गोलाई तस्करी भई रहेको घटना प्रति गस्तीमा खटिने रक्षक , सशस्त्र वन , वन कर्मचारीहरु नैं जिल्ल अनि अल्लमल्ल पर्ने गरेका छन् ।
यता डिभिजन वन कार्यालय बाराले वन गस्तीमा कडाई गरि रहेको प्रमुख एंव डि.एफ.ओ मन्जुर अहमद भन्नुहुन्छ ।
विगतका वर्ष बारा वनले धेरै वदनामी खेप्नु परि रहे पनि वन कर्मचारीको संलनतामा काठ , गोलाई चोरी तस्करी नभएको बाराका वन अधिकृतहरुको भनाई छ ।
तर, नाका र गस्तीलाई २४ सैं घण्टा निगरानी, कडाई गरि रहेको दाबी गर्ने बाराका वन अधिकृतहरुले गाडी नैं हुलेर तराईका बहुमुल्य साल प्रजातीका काठ, गोलाई चोरी तस्करी भएको घटनाले उनीहरुकै दावी माथि समेत शंका उब्जिएको छ ।

















