भ्रमण वर्ष प्रवर्द्वन गर्न आयोजित संयुक्त सांगीतिक ब्याण्ड प्रदर्शन सम्पन्न

191

काठमाडाैं / महाशिवरात्रीकाे पावन अवशरमा काठमाडौंको बसन्तपुर दरबार स्क्वायरमा महाशिवरात्री तथा सेना दिवस २०७६ को उपलक्ष्यमा नेपाल भ्रमण वर्ष 2020  लाई प्रवर्द्वन गर्ने उद्देश्यका साथ नेपाली सेनाको सैनिक ब्याण्ड, बेलायती सेनाको द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाज्, सशस्त्र प्रहरी बल नेपाल ब्याण्ड, नेपाल प्रहरी ब्याण्ड तथा काठमाडाैं जिल्लाका स्थानीय संस्कृति झल्कने संयुक्त सांगीतिक ब्याण्ड प्रदर्शन-२०७६ सम्पन्‍न भएको छ ।

नेपाली सेनाको संयोजकत्व तथा काठमाडाैं महानगरपालिकासँगको समन्वयमा साँझको ५ बजेदेखि उक्त निःशुल्क सांगीतिक कार्यक्रम संचालन भएको हो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य, प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा, मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायती सेनाका सेनाध्यक्ष Chief of General Staff General Sir Mark Carleton-Smith KCB CBE ADC Gen, नेपाली सेनाका रथीवृन्द, अन्य सुरक्षा निकायका उच्चपदस्थ अधिकृतहरु, स्थानीय निकायका प्रतिनिधीहरु, संचारकर्मीहरु लगायत सर्वसाधारणहरुको उल्लेख्य रुपमा उपस्थिती रहेको थियो । अागामी  फाल्गुन २३  र २४  गते भक्तपुर र ललितपुर दरबार स्क्वायरमा सोही प्रकारको संयुक्त सांगीतिक ब्याण्ड प्रदर्शन गरिने कार्यक्रम रहेको    छ ।

यस प्रकारको सांस्कृतिक कार्यक्रमको आयोजनाबाट नेपाल भ्रमण वर्ष 2020 (Visit Nepal Year 2020) को प्रवर्द्वनमा प्रत्यक्ष थप टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here