काठमाडौं- कागेश्वरी मनहरा नगरपालिका-९ बीरेन्द्रचोक बस्ने सर्लाही बहथवा घर भएका ३३ वर्षीय फिरोज खड्काको डेरा कोठाबाट सोमबार बिहान सुनका विभिन्न गहना तथा नगद १५ हजार रुपैयाँ समेत गरी करिब ६ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















