संसारकै वृद्ध प्रधानमन्त्रीद्धारा राजीनामा

92

एजेन्सी – मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले  आजबाट आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै आफ्नो राजीनामाको घोषणा गरेका हुन् । ९४ वर्षीय मोहम्मद संसारको सबैभन्दा वृद्ध प्रधानमन्त्रीका रुपमा चिनिन्थे ।

महाथिर मोहम्मद गएको चार दशकदेखि मलेसियाको केन्द्रिय राजनीतिमा सक्रिय थिए । उनी सन् १९८१ देखि २००३ सम्म लगातार मलेसियाका प्रधानमन्त्री बनेका थिए ।

त्यसपछि सन् २०१८ मा नजीब रज्जाकलाई हराउँदै महाथिर मोहम्मदले फेरि सत्तामा पुनरागमन गरेका थिए । रज्जाक सरकारी कोषसँग सम्बन्धीत करौडौँ रकमको घोटालामा संलग्न थिए ।

गएको केही दिनदेखि महातिर मोहम्मद र ७२ वर्षीय अनवर इब्राहिमबीच सत्ताको खिचातानी चलिरहेको जनाइएको थियो । जसका कारण महाथिरले मलेसियाका सुल्तान अहमद शाहलाई आफ्नो राजीनामा सुम्पिएका हुन् ।  महाथिर लामो समयसम्म बार्सिन नेसलन पार्टीको सदस्य थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here