राष्ट्रघाती एमसीसी विरुद्धमा उत्रिएका मध्ये सुर्खेतमा १ जना, काठमाडाैंमा १६ पक्राउ

84

काठमाडाैं । राष्ट्रघाती एमसीसी विरुद्धको नेपाल बन्दका क्रममा सुर्खेतबाट अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा सर्खेत जिल्ला इन्चार्ज तुरराज विश्वकर्मा गिरफ्तार भएका छन् ।

बिहान केही गुण्डाहरुसँग झडप हुँदा ३ जना कार्यकर्ता घाइते भएका छन् । अहिले बन्दका प्रभाव भने पूर्णरूपमा परेको छ।

यसैबीच राष्ट्रघाती एमसीसी विरुद्धको नेपाल बन्दका क्रममा उपत्यकाबाट १६ जना विद्यार्थीहरु गिरफ्तार भएका छन् । अखिल (क्रान्तिकारी) नेताकार्यकर्ताहरु प्रेम सिजापती, हस्त कुमार विक, अशोक महतरा, भरत चन्द, गोरख धामी, अर्जुन सुनार, नविन विष्ट, निकास बस्नेत छत्र विक, राजेश रावल, विवेक मयाल, पुर्ण चन्द्र खड्का, निराजन रावत, मौसम माझी, सुवास महत, दिपक विकलाई प्रहरीले गिरफ्तार गरेको अखिल (क्रान्तिकारी) ले जनाएको छ ।

राष्ट्रघाती एमसीसी विरुद्ध नेपाल बन्दकाे प्रभाव देशैभरी परेको छ । बन्दकर्ताहरु सडकमा उत्रेर शान्तिपूर्ण रूपमा एमसीसी विरुद्ध प्रदर्शन गरिरहेकाे खबर प्राप्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here