काठमाडाैं – अभियन्ता एवं मदन पुरस्कार विजेता राधा पौडेलले अन्तर्राष्ट्रिय स्तरको एसियन एचिभमेन्ट अवार्ड (ट्रिपल ए) अवार्ड’ प्राप्त गरेकी छिन् । फिलिपिन्समा रहेको एसियन इन्ष्टिच्युट अफ मेनेजमेन्ट (एआइएम) ले त्यहाँ अध्ययन गरिसकेका विद्यार्थीहरु मध्ये कुनै पनि क्षेत्रमा राम्रो काम गरिरहेकालाई यो अवार्ड हरेक वर्ष प्रदान गर्दै आएको छ ।
मनिलामा रहेकी पौडेलले अवार्ड ग्रहण गरेपछि हिमालसँग कुरा गर्दै भनिन्, “नेपालमा आफूले हिंसा पीडित महिला र महिनारीका कारण हुने विभेदविरुद्ध गरिरहेको कामलाई इन्ष्टिच्युटले अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको प्रतिक्रिया दिइन् ।”
पौडेलले सोही कलेजबाट १० वर्षअघि स्नातकोत्तरको अध्ययन पुरा गरेकी थिइन् । यस पटक कलेजले विश्वभरिका कलेजबाट अध्ययन पुरा गरिसकेका ४५ हजार विद्यार्थीबाट छानिएका ७ जनामा पौडेल परेको कलेजको वेभसाइटमा उल्लेख छ ।
विश्वमै यो अवार्डलाई ओजनदार अवार्डको रुपमा मान्ने गरिएको छ । यो अवार्डका लागि अरुले सिफारिस गरिदिनुपर्ने हुन्छ ।


















