उज्यालो ट्राफिक अभियान अन्तरक्रिया कार्यक्रम सम्पन्न

209

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथको आयोजनामा पदम कन्या क्याम्पस बागबजारमा  उज्यालो ट्राफिक अभियान तथा सडक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले आमनागरिकले आ-आफ्नो ठाउँबाट आफ्नो दायित्व पुरा गरेमात्र सडक दुर्घटना न्यूनीकरण र सुरक्षित समाज निर्माण गर्न सकिने धारणा राखे । सुरक्षित समाज निर्माण गर्न विद्यार्थीहरुको समेत अहम जिम्मेवारी रहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा उक्त महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले ट्राफिक कारवाही, ट्राफिक स्वयंसेवक परिचलन लगायत विविध विषयमा जानकारी दिनुभयो । दुर्घटना न्यूनिकरण गर्न र कानून कार्यान्वयनको लागि खटिएको ट्राफिक प्रहरीलाई आवश्यक सूचना दिन उहाँले आग्रह गर्नुभयो ।

सो अवसरमा उक्त क्याम्पसका प्रमुख धन प्रसाद पण्डितले समुदाय(प्रहरी साझेदारी कार्यक्रमले सुरक्षित समाज निर्माण गर्न अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । सडक वत्तीको समयमै मर्मत संभारमा सम्बन्धित निकायले चासो दिनुपर्ने उहाँले जनाउनुभयाे ।

समाजशास्त्र विभाग प्रमुख सुक्रिता राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रहरी निरीक्षक दामोदर भट्टले ट्राफिक सचेतना सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here