काठमाडौं – कोरोना भाईरसले गर्दा अहिले देशमा माक्सकाे चरम अभाव देखिएकाे छ । विश्वभरि कोरोना भाइरस ९कोभिड–१९० को सन्त्रास फैलिएको छ । विश्व स्वास्थ्य संगठनले समेत यो भाइरस विश्वभरि फैलिन सक्ने भन्दै खतरा औंल्याएको छ । यसको तयारीमा जुट्न उसले सबैलाई आग्रह गरिसकेको छ ।
चीनबाट फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा समेत देखिन थालेको छ । कतिसम्म भने चीनमा मास्कको अभाव हुँदा नेपालले एक लाख मास्क सहयोग गरेको थियो । चीनलाई एक महिनाअघि मास्क सहयोग गरेको नेपाल आफैंलाई चरम अभाव हुन थालेको छ । काठमाडौं उपत्यकाका प्रायः मेडिकल पसलमा मास्क पाउन छाडेका छन् ।

















