काठमाडौं । भक्तपुरमा मानव कंकाल भेटिएको छ । मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित खाली जग्गामा मानव कंकाल फेला परेकाे छ ।
महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले स्थानीय राजेश श्रेष्ठको जग्गाको झाडी फाड्ने क्रममा मानव कंकाल भेटिएको जानकारी दिए ।
उक्त कंकालमा पुरुषको लुगा, टाउको र शरीरको अन्य अंगहरुको टुक्रा भेटिएपनि पहिचान भएको छैन । कंकालको थप अनुसन्धानका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

















