विश्वकप छनोट खेल सार्न अष्ट्रेलियाद्वारा प्रस्ताव

57

काठमाडौं – सन् २०२२ सालमा हुने विश्वकप छनोट अन्तर्गत यही मार्च अन्तिममा नेपालले घरेलु मैदानमा समूह बी को दुई खेल खेल्ने तालिका छ । तर कोरोना भाइरसको संक्रमणको कारण अहिले विश्वभर नै खेलकुद गतिविधहरु प्रभावित बनिरहेको अवस्थामा नेपालमा पनि त्यसको असर देखिन थालेको छ । नेपाल कै चर्चित टी—२० लिग एभरेष्ट प्रिमियर लिग स्थगित भइसकेको छ ।

यस्तै अब अन्तर्राष्ट्रिय स्तरको फुटबल खेल पनि सर्ने निश्चित जस्तै छ । नेपालसँग खेल्न आउने टिम अष्ट्रेलियाले खेल सार्न प्रस्ताव गरेको छ । नेपाल र अष्ट्रेलियाबीच आगामी मार्च ३१ मा दशरथ रंगशालमा खेल हुने तय भएको थियो । तर कोरोना कै कारण देखाउँदै अष्ट्रेलियाले उक्त खेल अक्टोबरमा सार्न प्रस्ताव गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

नेपालले यसअघि अष्ट्रेलियामै खेलको अवे म्याचमा ५-० को हार बेहोरेको थियो । यस्तै मार्च २६ मा चाइनिज ताइपेईसँग पनि घरेलु मैदानमा खेल हुने तय छ । कोरोनाको कारण उक्त खेल पनि अनिश्चित बनेको छ । नेपाली टोलीले भने विश्वकप छनोटका लागि तयारी सुरु गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here