कोरोनाकाे संक्रमणबाट इटालीमा ४९ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १९७ पुग्‍यो

103

एजेन्सी – चीनबाहिर कोरोनाभाइरसका कारण पछिल्लो समय सबैभन्दा बढी प्रभावित बन्दै गइरहेको इटालीमा यसबाट ज्यान गुमाउनेको संख्या थप बढेको छ। पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट थप ४९ जनाको ज्यान गएको इटालीका अधिकारीहरूले जनाएका छन्।

योसँगै कोरनाभाइरसबाट इटालीमा ज्यान गुमाउनेको संख्या १९७ पुगेको छ। यसैगरी यसका ४६ सय मामिलाहरू पुष्टि भएको इटालीले जनाएको छ। डिसेम्बरमा चीनमा पहिलो पटक देखिएको यो भाइरसबाट हालसम्म संसारका एक लाख बाढी मानिसहरू प्रभावित भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएकाे छ।

यसैगरी ३ हजार बढीको ज्यान गएको पनि उसले जनाएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here