एजेन्सी – साउदी राज परिवारका वरिष्ठ तीन सदस्य पक्राउ परेका छन्। उनीहरूलाई के कारणले पक्राउ गरियो भन्ने बारेमा केही खुलासा गरिएकाे छैन ।
पक्राउ पर्नेहरूमा त्यहाँका राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्व राजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ रहेका छन्। पक्राउ परेका अब्दुलाजिज साउदी अरेवियाका संस्थापक राजा अब्दुलाजिजका एकमात्र जिवित छोरा हुन्।
यसरी पक्राउ परेका मोहम्मद बिन नायेफ यसअघि आन्तरिक मामिला सम्बन्धी मन्त्री थिए। उनलाई सन् २०१७ मा साउदी युवराज मोहम्मद बिन सलमानले घरमै कैद नजरबन्द गरेर राखेका थिए। यसपटक पनि पक्राउ परेका तीनै जनालाई उनकै निर्देशनमा पक्राउ गरिएको अनुमान छ।
उनीहरू तीनै जनालाई कालो पोशाकमा माक्स लगाएर आएका सेनाले घरबाट पक्राउ गरिएको जनाइएको छ।


















