नक्कली पासपोर्ट प्रयोग गरेकाेले रोनाल्डिन्होलाई जेलमा राख्न अदालतको आदेश

99

एजेन्सी – ब्राजिलका पूर्वफरवार्ड रोनाल्डिन्होलाई पाराग्वेकै जेलमा राख्न अदालतले आदेश दिएको छ । इएसपिएनका अनुसार रोनान्डिन्होलाई उडानमा हुने जोखिमका कारण पाराग्वेमै राख्न आदेश गरेको हो।

नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा बार्सिलोनाका पूर्वफरवार्ड रोनाल्डिन्हो, उनका भाई र व्यपारी रोबर्टो एसिससहित तीन जनालाई २३ फागुनमा पाराग्वे प्रहरीले पक्राउ गरेको थियो । रोनाल्डिन्हो र उनका भाईले रिहाइका लागि माग गरेका थिए । तर, उनीहरूको माग सुनुवाई भएन । एसिसले आफुलाई मुटुको समस्या भएको जनाएका थिए तर पर्याप्त प्रमाण नभएका कारण उनको पनि माग सुनुवाई भएन । न्यायाधीश क्लारा रुइज डियाजले ‘पाराग्वे राज्यविपरितको गम्भिर अपराध’ भएको जनाउनुभएको छ । उनले विमानस्थलबाट पून पक्राउ हुन सक्ने जनाएकी छिन् । पाराग्वेको कानूनअनुसार अनुसन्धानका लागि ६ महीना लाग्न सक्ने जनाइएको छ । तर, रोनाल्डिन्होका वकिलले अदालतको निर्णय अविश्सनीय भन्दै केही दिनमै त्यसविरुद्ध अपिल गर्ने जनाएका छन् ।

जुलाई २०१९ मा रोनाल्डिन्होको ब्राजिल र स्पेनको पासपोर्ट ट्याक्स नतिरेका कारण जफत गरिएको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here