पशुपति रोड क्यारियरकाे उपाधी  विपनाले जितिन्

192

काठमाडौं – राष्ट्रिय टोलीका सदस्य विपना ब्लोन पशुपति रोड क्यारियर (पिआरसी) ओपन स्क्वास प्रतियोगिताको महिला एकलमा उपाधि जितेकी छन् ।

सातदोबाटोस्थित नेपाल स्क्वास राकेट्स संघको कोर्टमा सोमबार भएको लिग राउन्डको अन्तिम खेलमा अस्मिता नगरकोटीलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाध जित्न सफल भएकी हुन् ।  विपनाले अस्मितामाथि ११-२, ११-५ र ११-३ को सहज जित निकालेकी थिइन् ।

यस्तै पुरुष एकल खुल्ला र मास्टर्स खुल्लामा आज नेपाल सेमिफाइनलको खेल भईरहेका छन् । दुवै फाइनल मंगलबार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here