काठमाडौं – राष्ट्रिय टोलीका सदस्य विपना ब्लोन पशुपति रोड क्यारियर (पिआरसी) ओपन स्क्वास प्रतियोगिताको महिला एकलमा उपाधि जितेकी छन् ।
सातदोबाटोस्थित नेपाल स्क्वास राकेट्स संघको कोर्टमा सोमबार भएको लिग राउन्डको अन्तिम खेलमा अस्मिता नगरकोटीलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाध जित्न सफल भएकी हुन् । विपनाले अस्मितामाथि ११-२, ११-५ र ११-३ को सहज जित निकालेकी थिइन् ।
यस्तै पुरुष एकल खुल्ला र मास्टर्स खुल्लामा आज नेपाल सेमिफाइनलको खेल भईरहेका छन् । दुवै फाइनल मंगलबार हुनेछ ।


















