सार्कदेश मध्ये भारत सबैभन्दा बढि संक्रमित

167

काठमाडौं –  चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस संसारभर  फैलिंदै गएको छ । हालसम्म संसारभरी  कोरोना भाइरसबाट ४ हजार  व्यक्तिको मृत्यु भइसकेको छ । कोरोना विश्वव्यापी चुनौतीको रुपमा रहेको छ । यसको संक्रमणबाट बच्न  सम्पूर्ण देश सचेत हुनु पर्ने देखिन्छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतका आठै मुलुकमा कोरोना भाइरस पुगेको छ।

नेपालसहित आठवटै देशमा कोरोना भाइरसका बिरामी भेटिए पनि हालसम्म यी आठै मुलुकमा कोही पनि बिरामीको ज्यान भने गएको छैन। भारतमा सोमबारसम्म कोरोनाका ४३ जना बिरामी भेटिएका छन्।

भारतमा सबैभन्दा धेरै  विश्‍व स्वास्थ्य संगठनमा अनुसार दक्षिण एसियाली मुलुकमध्ये भारतमा सोमबारसम्म ४३ जना कोरोना भाइरसका बिरामी भेटिएका छन्। जसमध्ये चारजना निको भइसकेका छन् भने ३९ जनाको उपचार जारी रहेको छ। त्यहाँ सोमबार थप चारजना कोरोनाका बिरामी भेटिएका हुन्।

भारतीय सञ्‍चारमाध्यमका अनुसार पछिल्लो पटक दक्षिणी राज्य केरलमा तीनजना नयाँ कोरोनाका बिरामी भेटिएका छन्। केरलमा एकजना तीन वर्षीय शिशुमा पनि कोरोना भेटिएको छ। त्यसैगरी हिमाली राज्य जम्मू(कश्‍मीरमा पनि एकजना कोरोनाका बिरामी भेटिएका भारतस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतको राजस्थानस्थित जयपुरमा सबैभन्दा धेरै १७ जना कोरोनाका बिरामी भेटिएका छन्। जसमा १६ जना इटालीबाट घुम्न आएका हुन् भने एकजना भारतीय ड्राइभर पनि संक्रमित भएका छन्। त्यसपछि उत्तर प्रदेशमा ७ जना र केरलमा ६ जना संक्रमित भइसकेका छन्।

नेपालमा हालसम्म कोरोना आशंकामा अन्य ५० भन्दा बढीको स्वास्थ्य परीक्षण गरिँदा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here