तीन दिनमा १२८ ग्यास बुलेट भित्रिए

86

काठमाडौं । पर्साको वीरगञ्ज नाका भएर पछिल्लो तीन दिनमा १२८ वटा ग्यास बुलेट भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार कुल २२ लाख ६३ हजार ११० किलोग्राम खाना पकाउने एलपी ग्यास बोकेका १२८ वटा ग्यास बुलेट मङ्गलबार, बुधबार र बिहीबार गरी तीन दिनमा वीरगञ्ज भन्सार नाका भएर नेपाल भित्रिएका हुन् ।

बजारमा खाना पकाउने एलपी ग्यास नपाइने गरेको जनगुनासो बढी रहेको बेला वीरगञ्ज नाका भएर अन्य सामान्य अवस्थाका दिनमा जस्तै ग्यास बोकेका बुलेट आइरहेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमल साहले जानकारी दिनुभयो । दैनिक ४२ देखि ४६ वटा ग्यास बोकेका बुलेट वीरगञ्ज नाका भएर आउने गरेकोमा पछिल्लो तीन दिनमा पनि त्यही अनुपातमा ग्यास बोकेका बुलेट आएको तथ्याङ्कमा देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here