एजेन्सी – कोरोना भाइरस संक्रमण फैलिन नदिनका लागि भारतले सबै घरेलु क्रिकेट प्रतियोगिता स्थगित गरेको छ। शनिबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अर्को सूचना जारी सार्वजनिक गर्दै सबै घरेलु खेल स्थगित गरेको हो।
बोर्डले इरानी कप, सिनियर महिला एकदिवसीय नकआउट, विजी ट्रफीलगायतका खेल स्थगित गरेको हो।
चीनको वुहानबाट गत डिसेम्बरदेखि विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसबाट भारतमा अहिलेसम्म १०७ जना संक्रमित भएको पुष्टि भएको छ।
भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार महाराष्ट्र प्रान्तमा सबभन्दा बढी ३१ जना संक्रमित छन्। त्यस्तै केरलामा २२ तथा उत्तर प्रदेशमा ११ जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी भारतमा दुई जनाले भाइरस संक्रमणबाट ज्यान गुमाइसकेका छन्।
यसैबीच कोरोना संक्रमणकै त्रासका कारण आज र बुधबार तय भएको दक्षिण अफ्रिकासँगको भारतको एकदिवसीय खेल रद्द भएको छ।

















