ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्नेलाई २ लाख जरिवाना

190

काठमाडौं – खाना पकाउने ग्यास लुकाएर राखी कृत्रिम अभाव सिर्जना गर्ने काठमाडौंको एउटा किराना पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार गरेको बजार अनुगमनका क्रममा टिका भैरवको सत्याल एण्ड किराना पसलले ग्यास लुकाएर राखेको भेटिएको थियो। उक्त किराना पसलले कृत्रिम अभाव सिर्जना गरेको भन्दै विभागले २ लाख रुपैयाँ जरिवाना गरेको हो।

नमस्ते र श्रीराम कम्पनीका २४ वटा ग्यास सिलिन्डर भएपनि उक्त पसलले लुकाएर उपभोक्तालाई ग्यास नरहेको भन्दै फर्काउने गरेका कारण कारबाही गरिएको विभागका सहप्रवक्ता दीपकराज पोखरेलले जानकारी दिए।

विभागले यसअघि कृत्रिम अभाव सिर्जना गरी मास्क र सेनिटाइजरको मूल्य बढाउने ११ वटा औषधि पसललाई पनि २-२ लाख रुपैयाँ जरिवाना गरेको थियो। पछिल्लो समय विभागले अनुगमन ग्यास पसलमा केन्द्रित गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here