शिल्पीका नाटक युट्युबमा हेर्न मिल्ने

106

काठमाडौं – संसारभरि नै सामान्यतायाः युट्युबमा नाटक राख्ने चलन छैन । कलाको सबै विधा प्रयोग हुने नाटकका दर्शक पनि कमै हुने गर्छन् । तर शिल्पी थिएटरले भने दर्शकलाई नाटक हेर्न र बुझ्न सहज हुने लक्ष्यले मञ्‍चन भइसकेका पुराना नाटक युट्युबमा राख्ने चलन सुरु गरेको छ ।

शिल्पीले हालसम्म ५ वटा नाटक युट्युबमा हालिसकेको निर्देशक घिमिरे युवराजले बताए । हरेक महिना २ वटा नाटक युट्युबमा हाल्ने योजना शिल्पीको छ ।

‘विदेशमा भएका नेपाली दर्शकलाई पनि नाटक हेर्न सजिलो होस् र पुराना नाटक दर्शकले आफूलाई मन पर्ने नाटक फेरि हेर्न सकून् भनेर नाटक अप्लोड गरेका हौं’, घिमिरेले अनलाइनखबरसँग भने । तर नयाँ नाटक र पुनः मञ्‍चन हुने नाटक भने युट्युबमा राखिने छैन ।

राजधानीमा कोरोना भाइरस कोभिड १९ को त्रासले भीडभाड हुने कार्यक्रम भएका छैनन् । सरकारले नै कार्यक्रम गर्न रोक लगाएकाले नयाँ नाटक मञ्‍चन गरिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here