हिगुइन अर्जेन्टिना फर्किए

164

एजेन्सी – युभेन्ट्सका फरवार्ड गोन्जालो हिगुइन इटालीबाट स्वदेश अर्जेन्टिना फर्केका छन् । क्लबको अनुमति पाएपछि उनी स्वदेश फर्केको जनाएको छ । कोरोना भाइरस अत्याधिक प्रभावित देशमध्ये इटाली एक हो ।

क्लबका डानिले रुगानी र ब्लेस मातुइडीमा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएपछि क्लबले सबै खेलाडीलाई विशेष निगरानीका साथ होटलमा राखेका थियो । जसमा हिगुइन पनि थिए । आमा बिरामी भएका कारण हिगुइन स्वदेश फर्केको बताइएको छ । उनी फ्रान्स, स्पेन हुँदै अर्जेन्टिना गएका हुन् ।

अब उनी १४ दिन व्यक्तिगत रुपमा आइसोलेसनमा बस्ने छन् । टुरिन छाडेर स्वदेश फर्कनेमा भने हिगुइन एक मात्र खेलाडी हुनन् । सामी खेडिरा, मिरालिम प्यानिचले पनि इटाली छाडेका छन् । बिरामी आमालाई भेट्नका लागि क्लबका सुपर स्टार क्रिस्टियानो रोनाल्डो दुई साता अघि नै पोर्चुगल पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here