स्पेनमा कोरोना भाइरस किट्समाथि प्रतिबन्ध

80

एजेन्सी – स्पेनको राजधानीमा चिनियाँ कम्पनीले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने किट्सको प्रयोगमा रोक लगाइएको छ ।  शोधकर्ताहरुले उक्त किट्सहरु विश्वसनीय नरहेको निष्कर्ष निकालेसँगै राजधानी मेड्रिड सहरमा उक्त किट्सको प्रयोगमा रोक लगाइएको हो ।

स्पेनमा निरन्तर यो भाइरसका संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको चिनियाँ किट्समाथि आशंका पैदा भएको हो । स्पेनमा अहिलेसम्म यो भाइरसको संक्रमण ५७ हजार नाघिसकेको छ भने ४ हजार ३ सय भन्दा धेरैको ज्यान गइसकेको छ ।

स्पेनको अग्रणी शोधकर्ता संस्था एसईआईएमसीले आफ्नो वेबसाइटमा चीनको शेन्जेनमा रहेको बायोइजी बायोटेक्नोलोजीले निर्माण गरेको ‘नोज स्वाब’को एक्युरेसी ३० प्रतिशतभन्दा कम देखिएको उल्लेख गरेको छ ।

स्पेनिस पत्रिका एल पेइसले मेड्रिड सरकारले बायोइजीले निर्माण गरेको किट्समा रोक लगाउने निर्णय गरेको उल्लेख गरेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले त्रुटि देखिएका किट्सहरु फेर्न बायोइजीलाई निर्देशन दिएको छ । स्पेनले यो कम्पनीलाई ३ लाख ४० हजार परीक्षण किट्सको अर्डर दिएको थियो । यस विषयमा चिनियाँ कम्पनीले भने कुनै प्रतिक्रिया दिएको छैन । पत्रिकाले उल्लेख गरेअनुसार बायोइजीले आफ्नो उत्पादनले ८० प्रतिशत सही नतिजा दिने उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here