राजामौलीको नयाँ सिनेमा आरआरआरको अर्थसहित पोस्टर सार्वजनिक

113

एजेन्सी – फिल्ममेकर एसएस राजामौलीको नयाँ सिनेमा ‘आरआरआर’ को पूरा नाम, मोसन पोस्टर र रिलिज मिति सार्वजनिक भएको छ। दुईजना तेलुगु स्वतन्त्रता सेनानी अल्लुरी सीताराम राजु र कोमाराम भीमको कथामा आधारित सिनेमाको नाम, मोसन पोस्टर र रिलिज हुने मिति सार्वजनिक गरिएको हो।

तामिलमा आरआरआर भनेको रथथम (रगत), रानम (घाउ) र राउथिराम (रोष) हो। आरआरआरको मोसन पोस्टर वेभमा धेरै धूमधामको बीचमा हिट भएको छ।

बाहुबलीका निर्देशकसमेत रहेका राजमौलीले मोसन पोस्टर सेयर गर्दै लेखेका छन्, ‘पानी डुबेको आगो ! आगोले पानीको वाष्पीकरण गर्दछ ! र दुई सेनाहरू असीम ऊर्जाको साथ आएका छन् आरआरआरको शीर्षक लोगो प्रस्तुत गर्न।’

एक मिनेट लामो मोसन पोस्टरमा राम चरणको चरित्र अल्लुरी सितारमा राजुले आगोलाई प्रतिनिधित्व गर्छन् भने जुनियर एनटीआरको पात्र कोमाराम भीमले पानीलाई प्रतिनिधित्व गर्छ। जब उनीहरू स्वतन्त्रता संग्रामका लागि हात मिलाउँछन् तब देशमा क्रान्ति सुरु हुन्छ।

आलिया भट्टले उक्त फिल्ममा नखेल्ने भन्ने कुरा बाहिर आए पनि राजामौलीले मोसन पोस्टर सार्वजनिक पछि गरेको ट्विटमा भने आलिया आरआरआरकै अंश भएको देखिन्छ। फिल्मको आगामी कार्यक्रममा उनी सहभागी हुन सक्ने बताइएको छ। मेमा सुटिङ तय भए पनि नोबेल कोरोना भाइरसको संक्रमणका कारण उक्त समय सर्न सक्ने बताइएको छ।

तेलुगु, तमिल, मलयालम, कन्नड र हिन्दी, अर्थात् पाँच भाषामा आरआरआरको मोसन पोस्टर सार्वजनिक गरिएको छ। यद्यपि सिनेमा भने हिन्दी, तमिल, तेलेगु, मल्यालम आदि गरी भारतका विभिन्न १० प्रान्तीय भाषामा रिलिज हुनेछ।

उक्त फिल्ममा अन्तर्राष्ट्रिय अभिनेता रे स्टिभनसन, ओलिभिया मोरिस र एलिसन डुडीका साथै भारतीय कलाकार आलिया भट्ट, अजय देवगन र श्रीया सरन पनि छन्।

सिनेमा निर्माणको घोषणा भएयता नै सिनेमाको नामलाई लिएर धेरैमा उत्सुकता रहँदै आएको थियो। सिनेमा आगामी वर्ष जनवरीमा ८ मा रिलिज हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here