काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै चलचित्र कलाकार संघले कोरोना राहत कोषमा १ लाख एक हजार रुपैयाँ जम्मा गर्ने घोषणा गरेको छ ।
आइतबार चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले एक वक्तव्य जारी गर्दै नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा १ लाख एक हजार रुपैयाँ जम्मा गर्ने निर्णय गरेको जनाउनु भयाे ।
चलचित्र कलाकार संघले कोरोना संक्रमणबाट बच्नका लागि क्वारेन्टाइनमा बस्न, साबुन पानीले हात धुन तथा सेनेटाइजर प्रयोग गर्न सबैलाई आग्रह गरेको छ । त्यस्तै, कसैलाई संक्रमणको लक्ष्यण देखिएमा वा शंका लागेमा तोकिएको निकायमा खबर गर्न आग्रह पनि गरेको छ ।
कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनलाई सबैले सहयोग गर्नुपर्ने चलचित्र कलाकार संघको बुझाइ छ ।
















