थाइल्यान्डका राजा सेल्फ आइसोलेसनमा

205

एजेन्सी – थाइल्यान्डका राजा महा वजिरालङकर्न दक्षिण जर्मनीको विलासी होटलमा २० जना ल्याइतेका साथ सेल्फ आइसोलेसनमा रहेको खबर आएको छ ।

राजाले बाभारियामा रहेको ग्रान्ड होटल सोन्नेनबिच्ल पूरै बूकिङ गरेको र कोरोनाभाइरस महाव्याधिबाट बच्न सेल्फ आइसोलेसनमा बसेको विश्वास गरिएको छ ।

जर्मन पत्रिका बिल्डमा ६७ वर्षीय राजाले स्थानीय जिल्ला परिषद्सँग अनुमति लिएर पूरै होटल बूक गरेको खबर छ ।

राजाकी चौथी पत्नी उनीसँगै होटलमा छिन् कि छैनन् भन्ने चाहिँ थाहा हुन सकेको छैन किनकि राजासँग रहेका ११९ जनालाई थाइल्यान्ड नै फर्काइएको छ । उनीहरूलाई कोरोना संक्रमणको आशंका गरिएको छ ।

जर्मनीमा थाइ राजाको दोस्रो घर छ र उनी अधिकांश समय त्यहीँ बिताउँछन् । उनी फेब्रुअरी महिनायता सार्वजनिक स्थानमा देखिएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here