चिनियाँ उपचार सामग्री अत्यधिक मह‌ँगोमा

139

काठमाडौं –  सरकारले जहाज पठाएर चीनबाट कोराना उपचार सामग्री ल्यायो। यसलाई प्रशंसा गर्न तम्सिएका सर्वसाधारण तब जिल्ल परे, जब यसको मूल्यमा धेरै गुणा फरक परेको तथ्य थाहा पाए।

चीनमै व्यापार गरेर वर्षौंदेखि बसिरहेका नेपालीले वास्तविक मूल्य सार्वजनिक गर्न थालेपछि स्वास्थ्य मन्त्रालय अप्ठ्यारोमा परेको छ। बजार मूल्यसँग तुलना गर्दा प्रमुख ५ सामानमा नेपाली एक अर्ब रुपैयाँभन्दा बढी फरक परेको छ। उपचारका लागि अत्यावश्यक पीपीई, कोरोना परीक्षण गर्ने किट, एन ९५ मास्क, सर्जिकल‌ मास्क, थर्मोमिटरलगायत १‌ करोड ३ लाख ९ हजार ४ सय डलर मूल्यको‌ स्वास्थ्य समाग्री‌ सरकारले ल्याएको छ।‌

नेपाल–चीन पारिस्पारिक सहयोग समाजका अध्यक्ष प्रेमसागर पौडेलले ती सामानको मूल्य अत्यधिक फरक परेको बताए। उक्त सामान किन्दा सार्वजनिक खरिद नियमावली प्रक्रियासमेत अबलम्बन गरिएको छैन। सस्तोमा दिन्छु भन्ने कम्पनी र उसको प्रतिनिधि नबोलाई खरिद गरिएको उनको भनाइ छ।

चीनको गोन्जाओमा १५ वर्षदेखि व्यापार गर्दै आएका नवीन बिकले पनि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पत्र लेख्दै मूल्य अचाक्ली फरक परेको भन्दै ध्यानाकर्षण गराएका छन्। उनले बजार मूल्यमा चाहिएजति सामान पठाउन आफू तयार रहेको दाबीसमेत गरेको आजको अन्नपूर्ण पोस्ट्ले खवर छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here