राजधानी मस्को सहर क्वारेन्टाइनमा

260

एजेन्सी – रुसको राजधानी मस्को सिंगो सहरलाई क्वारेन्टाइनमा बदलिएको छ ।

यही मार्च ३० देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सरकारले सबै सहरबासीलाई क्वारेन्टाइनमा बस्न आदेश दिएको हो । मेयर सर्जे सोब्यानिनले विज्ञप्ति जारी गर्दै यस्तो आदेश दिएका हुन् ।

मेयर सोब्यानिनका अनुसार यस्तो आदेश लगत्तै सहरमा दुई तिहाइले आवागमन घटेको छ । आपतकालिन औषधोपचार लगायत अत्यावस्यक कामका लागि मात्रै सहरबासीलाई घर बाहिर निस्कन अनुमति दिइएको छ ।

साथै १ सय मिटरसम्म औषधि पसलका लागि भने आवतजावत गर्न दिइएको छ । यसका लागि स्थानीय सरकारले कडा अनुगमन तथा निगरानी समेत अपनाएको बताइएको छ । रुसमा १ हजार ५ सय ३४ संक्रमित भेटिएका छन् । तीमध्ये ८ जनाको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here