नेपाललाई दिन लागेकाे ३ अर्ब ऋण भ्रष्टाचार हुने डर

170

काठमाडाैं- काेरोनाको संक्रमण रोक्न विश्व बैंकले नेपाललाई ३ अर्ब रुपैयाँ ऋण दिने भएको छ ।

भाइरसले विश्वव्यापी महामारीको रुप लिएपछि नेपालमा त्यसलाई रोक्न र संक्रमितको उपचारका लागि सो ऋण दिने भएको हो । सो ऋण दिनुअघि विश्व बैंक्ले दिने ऋण सहयोग के के मा खर्च गर्ने भनेर सूचि मागेको छ ।

नेपालले समास्क, पन्जा, ल्याब टेस्ट किट, पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीइ) र कोरोना रोकथाम तथा नियन्त्रणका सामाग्री किन्ने तथा र कर्मचारीलाई तालिम दिने भनेर पठाएको  स्वास्थ्य मन्त्रालयका स्वास्थ महाशाखा प्रमुख विकास देवकोटाले जनाए  ।

‘हामीले यो यो मा खर्च गर्छौ भनेर सूचि दिइसकेका छौं,’ डा. देवकोटाले भने, ‘आवश्यक निर्णयका लागि अर्थ मन्त्रालयमा पठाउने तयारी गरिरहेका छौं ।’

कोरोना संक्रमण देखिएका देशमा विश्व बैंकले ऋण सहयोग गर्दै आएको छ । यही क्रममा नेपालमा पनि सहयोग गर्ने भएको हो ।  तर नेपालमा हरेक काममा भ्रष्टाचार हुने र एउटा विषयमा दिएको रकम अर्कोमा खर्च गरेर दुरुपयोग हुने भएपछि विश्वबैंकले सूची नै मागेको जानकारहरु जनाउँछन् ।

हालसम्म नेपालमा ५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here