एजेन्सी – कोरोना भाइरस अर्थात कोभिड-१९ को उद्गमस्थल चीनको वुहान सहरमा मानिसको आवागमन हुन सुरु भएको छ ।
भाइरस संक्रमण तीव्र रुपमा फैलिएसँगै उहानमा झण्डै दुई महिनासम्म हजारौं मानिस घरभित्रै बस्न बाध्य भएका थिए ।पालिकाले हुवेई प्रान्तको राजधानी वुहानसहित प्रान्तका सबै सानाठूला सहर बजारमा लगाइएका सबैजसो प्रतिबन्ध हटाएको छ ।
योसँगै बजार/पसल खुलेका छन् । ग्राहक र बटुवालाई निश्चित दूरी बनाएर हिँड्न र कुराकानी गर्न आग्रह गरिएको छ । गएको जनवरी २३ तारिखदेखि वुहानमा लकडाउन गरिएपछि झण्डै एक करोड १० लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए ।
वुहानका बासिन्दामाथि यात्रामा लागेको प्रतिबन्ध आउँदो अप्रिल ८ तारिखदेखि हटाइनेछ ।


















