कोरोना भाइरसको नियन्त्रणमा सामूहिक प्रयास आवश्यक : मुख्यमन्त्री गुरुङ

294

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको जनाउनुभएको छ ।

नेपालीको महत्वपूर्ण संस्कृतिक पर्व चैतेदशैँको उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै उहाँले महामारीबाट विश्व समुदायलाई नै गम्भीररूपमा प्रभावित गरिरहेको सन्दर्भमा नेपाल पनि प्रभावमुक्त रहन नसकेकाले सङ्क्रमणबाट बच्न र बचाउन सम्पूर्ण नागरिक एकताबद्ध भएर लाग्न आग्रह गर्नुभएको हो ।

धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सहभाव एवं धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन प्रेरणा मिलेको सन्देशमा उल्लेख छ । लोकतान्त्रिक गणतन्त्र सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको शासन व्यवस्था नेपाली जनताले लामो सङ्घर्षपछि प्राप्त गरेको उपलब्धि रक्षा गर्दै बहुजाति, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सो सन्देशमा उल्लेख छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here