काठमाडौं – नायक पल शाहले पाँच लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।
कोरोना भाइरसका कारण देश लकडाउनमा गएपछि काम नपाएर दैनिक जिविको पार्जनमा समस्या भएका चलचित्र प्राविधिकका लागि सहयोग स्वरुप उक्त रकम घोषणा गरेका हुन् । आफूले सहयोग गरेको रकम वितरणका लागि चलचित्र प्राविधिक संघलाई आग्रह पनि गरेका छन् ।
यसअघि आजै हास्य कलाकार दीपकराज गिरी र उनको समूहले चलचित्र प्राविधिकका लागि एक लाख १० हजार रुपैयाँ सहयोग गरेका थिए ।


















