दर्शकको मन जित्दै ‘परानै दिन्छु’ (भिडियो)

231

‘मंगली’ ‘मेरी आमा’ जस्ता चर्चित गीतका गीतकार प्रलाद शाहको शब्दमा रहेको गीत ‘परानै दिन्छु’ दर्शक सोर्ता माझ लोकप्रीय बन्दै गैरहेको छ। मौलिक र प्रयोगात्मक गीत लेख्ने रुचाउने गीतकार शाहको ‘परानै दिन्छु’ म्युजिक भिडियोलाई छोटो समयमामा नै १० लाख दर्शकले युट्युवमा हेरेका छन भने २५०० बढी दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छ्न।

पुर्वेली लोकगीतको बिटमा बनेको यस गीतमा संगीत हरि लम्सालको संगीत रहेको छ। गीतमा स्वर चर्चित गायिका मेलिना राई र हरि लम्सालको रहेको छ। गीतको एरेन्ज्मेन्ट रिकेश गुरुङले गरेका हुन् ।

बजारमा डान्सिङ गुर्प र ग्लामरस फेसका कलाकार राखेर भिडियो निर्माणको ट्रेन्ड छ । अर्गानिक टेस्टको ‘परानै दिन्छु’ बोलको गीत र भिडियोले सोर्ता दर्शकको मन जितेको छ। थिएटर र फिल्ममा आफ्नो अभिनय क्षमताले तारिफ बटुलेका कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवाको जीवन्त अभिनयले भिडियो उत्कृष्ट बनेको छ। यस गीतको भिडियोलाई बुद्ध थापाले खिचेका हुन भने बिकाश धमालाले सम्पादन गरेका हुन। निकेश खड्काको कन्सेप्ट र निर्देशनमा भिडियो तयार भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here