एजेन्सी – कोरोना भाइरस महामारीको केन्द्रविन्दु बनेको छ यतिखेर युरोप। युरोपका अधिकांश देशमा संक्रमित हुने र ज्यान गुमाउनेहरुको संख्या तेहेरो अंकमा बढिरहेको छ।
यसैबीचमा युरोपेली संघ (इयु) को सार्थकतामाथि केही देशले प्रश्न उठाएका छन्। संयुक्त राज्य अमेरिकाभन्दा ठीक उल्टो इयुले काम गरेको उनीहरुको आरोप छ।
कोरोना भाइरसका कारण अहिले युरोपका सबै देशका जनता जागिर, स्वास्थ्य अर्थव्यवस्था के होला भनेर चिन्तित छन्। तर युरोपको एकताको हिमायती सम्झने जर्मनीजस्ता युरोपका धनी देशहरु इटाली र स्पेनजस्ता आर्थिक रुपमा समस्यामा फसेका देशहरुलाई सहयोग गर्ने कुरामा मौन बसेका छन्।


















