विराटनगर – प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले लकडाउनका कारण समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारी मजदुरलाई प्रदेश सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको बताएका छन् ।
मुख्यमन्त्री राईले सामाजिक सङ्घसंस्थाले वितरण गरिरहेको राहत सहयोगलाई व्यवस्थित गर्न राजनीतिक दलले आफ्नो संयन्त्रमार्फत स्थानीय तहसम्म सहजीकरण गर्दा राहत वितरणमा सहयोग पुग्ने बताए ।
नेपाल सरकारको निर्देशिकाअनुसार स्थानीय तहले संयन्त्र बनाएर एकद्वारबाट राहत वितरण गर्नुपर्ने भए पनि सङ्घसंस्थाले वितरण गर्नेक्रम नरोकिएपछि मुख्यमन्त्री राईले दलहरुलाई सो आग्रह गरेका हुन्।


















