सिरहा – वर्षको एक दिनमात्र फुल्न भएकाेले गर्दा यो फूल चानचुने हैन । त्यो पनि विक्रम सम्बतको पहिलो दिनमा तसर्थ यस फूलकाे अन्य फूलकाे तुलना विशेष महत्व रहेकाे छ ।
सिरहाजिल्लाकाे लहानदेखि करिव ३ किलोमिटर पश्चिम दक्षिणमा अवस्थित फुलबारीमा सयौं फूल छन् । तीमध्ये एउटा रुखमा नयाँ वर्षको पहिलो दिन मात्र फूल फुल्छ ।
यो फूल पनि विशेष आकारको हुन्छ । माला आकारको । नववर्षको पहिलो दिन मात्र फूल फुल्ने यो चमत्कारलाई सलहेश महोत्सवको रुपमा मनाउने गरिन्छ ।
मन्दिरका पुजारी नागेश्वर धामीका अनुसार हरेक नयाँ वर्षको दिन फूल्ने यो फूललाई राजा सलहेश र दौना मालिनको प्रेम प्रतिकको रुपमा लिइन्छ ।
भनिन्छ दौना मालिन सलहेशलाई हृदयदेखि मन पराए पनि विशेष गर्न नपाउँदा प्रत्येक वर्ष उनको प्रतीक्षामा वैशाखको पहिलो दिन हारमको रुखमा फूलको माला भएर देखापर्ने गर्छन् ।


















