सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमित फेला

164
काठमाडौं – सुदूरपश्चिममा थप एकजना कोरोना संक्रमित भेटिएका छन्। कैलालीको लम्की चुहामा ५५ वर्षीया महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण ‘पोजेटिभ’ देखिएको हो।
१७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिइन् । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की आएकी थिइन् । भुरुवामा आफन्त कहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ। यसअघि नेपालमा १२ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमा ३ जना भारतीय नागरिक रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here